क्रिस्टियानो रोनाल्डो र नेमार जुनियर विश्वका दुई उत्कृष्ट फुटबलर हुन भन्नेमा कुनै शंका छैन।
उनीहरु खेल मैदानमा प्रतिस्पर्धीको रुपमा भेटिनु पर्ने हो। तर हालै उनीहरु बक्सिङको रिङमा प्रतिस्पर्धीको रुपमा देखिएका छन्।
नेमार र रोनाल्डो बक्सिङ रिङमा भिडन्त गर्नका लागि भने देखा परेका होइनन्। उनीहरु टेलिभिजनको विज्ञापनका लागि रिङमा सँगै देखिएका हुन्।
द सनका अनुसार रोनाल्डो र नेमारले पोर्चुगलको मोबाइल नेटवर्क मियोको विज्ञापनमा खेलेका हुन्।
हाल रोनाल्डो युभेन्ट्सबाट खेलिरहेका छन्। नेमार फ्रान्सको पीएसजीबाट खेलिरहेका छन्।
(भिडियाे)

प्रतिक्रिया