राजनीति


साहित्यकार थपलियालाई तत्काल रिहा गर्न प्रलेसको माग

साहित्यकार थपलियालाई तत्काल रिहा गर्न प्रलेसको माग

नेपालखबर
साउन २६, २०७६ आइतबार १०:९,

लेखक तथा साहित्यकार खेम थपलियालाई तत्काल रिहा गर्न प्रगतिशील लेखक संघले माग गरेको छ।

शनिबार काठमाडौंको बागबजारबाट पक्राउ परेका प्रलेसका पूर्व उपाध्यक्ष थपलियाको रिहाइका लागि संघले विज्ञप्ति प्रकासित गरी दबाव दिएको छ। संघले नेपाली समाज पुनः द्वन्द्वतिर जान थालेकाे भन्दै चिन्तासमेत प्रकट गरेकाे छ।

अध्यक्ष प्राडा जिवेन्द्रदेव गिरी र महासचिव समिरसिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको ठुलो संघर्ष पश्चात प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर वामपन्थी नेतृत्वको सरकारले नेतृत्व गरिरहेको छ। यस स्थितिमा शान्ति, विकासको र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदै छ। तर, नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अश्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभाष हुनु निश्चय पनि सुखद कुरा होइन।

प्रगतिशील लेखक संघले विज्ञप्तिमार्फत थपलियाको यथासिघ्र रिहाई गर्न र प्रलेसका वर्तमान पदाधिकारीहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै यस्ता अमर्यादित व्यवहार बन्द गर्न माग गरेको छ।

थपलिया विप्लव नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad