मोटरसाइकल दुर्घटनामा परेर निधन भएका मोदी गाउँपालिका ६ का कृष्ण थापा ‘काजी’को परिवारलाई तिलाहार जन-जागरण अभियानले आर्थिक सहयोग गरेको छ।
जन-जागरण अभियानले देश विदेशमा रहेका सहयोगी महानुभावहरुसँग संकलन गरेको एक लाख ९९ हजार ९०० रुपैयाँ थापाका परिवारलाई हस्तान्तरण गरेको हो।
परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण अभियान नै सञ्चालन गरेर रकम जुटाउने काम गरिएका थियो। थापाका परिवारमा उनकी श्रीमती, नाबालक छोरा र दिदी छन्।
अभियानले विभिन्न आपत् विपदमा परेकाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको अभियानका अनलाइन सचिव विकास लामिछानेले जानकारी दिए। ‘दुर्घटनामा निधन भएका थापाको परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण अभियान नै सञ्चालन गरेर रकम संकलन गरेका हौँ’, लामिछानेले भने, ‘देश विदेश सबैतिरबाट सहयोग संकलन गरेर शनिबार परिवारलाई हस्तान्तरण ग¥यौँ।’
उनले थप सहयोगका लागि सबैसँग अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया