खेल


मेयर्स कपः काठमाडौंविरुद्ध आर्मीको ५ विकेटको जित

मेयर्स कपः काठमाडौंविरुद्ध आर्मीको ५ विकेटको जित

नेपालखबर
फागुन २४, २०७७ सोमबार ११:१७,

काठमाडौंमा जारी मेयर्स कप क्रिकेटमा काठमाडौं मेयर्स ११ विरुद्ध त्रिभुवन आर्मी क्लबले शानदार जित निकालेको छ।

आजको खेलमा आर्मीले काठमाडौंले दिएको १५६ रनको लक्ष्य २३.५ ओभरमै पूरा गर्दै ५ विकेटकाे जित निकालेको हो।

खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका सोमपाल काम भए। उनले ५१ बल सामना गरी ८० रन बटुले।

आर्मीले २३.५ ओभरमा पाँच विकेट गुमाउँदै १५६ रन जोड्यो। त्यस्तै काठमाडौंले ४२.१ ओभरमा १० विकेट गुमाउँदै १५५ रन जोडेको थियो।

काठमाडौंका ब्याट्सम्यानहरुले आज रन बटुल्न सकेनन्। खडक बोहराले ४६ बलमा १९, हरिशंकर शाहले २९ बलमा १८, विपिन रावलले ८ बलमा ६ रन, सन्दीप राजालीले ६३ बलमा ३७, सिद्धान्त लोहनीले २ बलमा शून्य, सौरभ खनालले ७४ बलमा ४२ रन, कृष्ण कार्कीले २ बलमा शून्य रन, नारायण जोशीले ४ बलमा शून्य रन, सन्दीप लामिछानेले १८ बलमा १३ रन र विपिन खत्रीले ६ बलमा शून्य रन बटुले। त्यस्तै अनिल खरेल भने १ बलमा शून्य रनमा नटआउट रहे।

आर्मीका सोमपाल कामीले ६ ओभर बलिङ गर्दै १ विकेट झार्दा १० ओभर बलिङ गरेका जितेन्द्र मुखियाले ३ विकेट झारे।

त्यस्तै ६ ओभर बलिङ गरेका विक्रम सोबले १ तथा शाहब आलमले १० ओभर बलिङमा ४ विकेट झारे। उनले ३९ रन दिएका थिए। करण केसीले भने विकेट झार्न सकेनन्। कुशल मल्लाको नाममा १ विकेट रह्यो।

लक्ष्य पछ्याएको आर्मीका लागि सोमपालले ८० रनको पारी खेले। उनीबाहेक भीम सार्कीले १६ रन, कुशल मल्लले २३ रन, विनोद भण्डारीले २० रन जोड्नेबाहेक अरुले उल्लेख्य रन जोड्न सकेनन्।

काठमाडौंका सन्दीपले ९ ओभर बलिङ गर्दै २ विकेट झारेका थिए। त्यस्तै विपिन खत्रीले २ र अनिल खरेलले १ विकेट झारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad