यस कुटाकुटको घटनामा पाइलटको दाँत झरेको र फ्लाइट एटेन्डेन्टको हात भाँच्चिएको साउथ चाइना मार्निङ पोस्टले जनाएको छ।
गत फेब्रअरी २० मा भएको यस घटनाको बारेमा आइतबार एयरलाइन्सले जानकारी दिएको हो।।
विमान ल्यान्ड हुन ५० मिनेट अगाडि पुरुष पाइलट र पुरुष फ्लाइट एटेन्डेन्टबीच कुटाकुट भएको थियो।
फ्लाइट नम्बर डीजेट६२९७ को विमान नानतोङदेखि सियानका लागि उडिरहेको थियो। सोही क्रममा भmगडा भएको थियो।
हाल झगडामा भाग लिने दुवैलाई निलम्बन गरिएको छ। एससीएमपीका अनुसार पाइलट बाथरुममा थिए।
त्यसबेला फर्स्ट क्लास क्याबिन प्यासेन्जरका एक यात्रुले पनि सोही बाथरुम प्रयोग गर्न चाहिरहेका थिए।
पाइलटले आफ्नै स्थानमा गएर पालो पर्खन भन्दासमेत यात्रुले अटेर गरेपछि पाइलटले नजिकै रहेका पुरुष फ्लाइट एटेन्डेन्डलाई काम राम्रोसँग नगरेको भनेर झपारेका थिए।
सोही क्रममा भनाभन हुँदै जाँदा हात हालाहाल भएको थियो।

प्रतिक्रिया