स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडले बराबरी गर्दै अंक बाँडेका छन्।
आइतबार राति भएको म्याड्रिड डर्बीमा दुवै टोलीले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।
खेलको १५औं मिनेटमा फरवार्ड लुइस सुआरेजको गोलमा एट्लेटिकोले सुरुवाती अग्रता बनाएको थियो। उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए।
खेलको अन्तिम मिनेटमा एट्लेटिको सम्हालिन नसक्दा अंक बाड्न बाध्य भयो। खेलको ८७ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए।
बराबरीसँगै एट्लेटिको २५ खेलमा ५९ अंकसहित शीर्षस्थानमा कायम छ। दोस्रो स्थानमा रहेको बार्सिलोना २६ खेलमा ५६ तथा रियलको २६ खेलमा ५४ अंक छ।
गएराति नै भएको खेलमा सेल्टा भिगोले हुएस्कालाई ४–३ गोल अन्तरले हरायो। एट्लेटिको विल्वाओले ग्रानाडालाई २–१ ले हराउँदा रियल सोसिडाडले लेभान्तेलाई १–० ले हराएको छ।

प्रतिक्रिया