समाज


इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भयंकर विस्फोट, १७ मृत्यु, ४०० घाइते

इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भयंकर विस्फोट, १७ मृत्यु, ४०० घाइते

नेपालखबर
फागुन २४, २०७७ सोमबार ०:४७,

अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो सहर बाटास्थित सैन्य अड्डामा आइतबार शक्तिशाली विस्फोट भएको छ। घटनामा १७ जनाको मृत्यु भएको छ भने ४ सय जनाभन्दा बढी घाइते भएका छन्।

त्यहाँका राष्ट्रपति टिओडोरो ओबिआङका अनुसार सैन्य अड्डामा प्रयोग गरिएको डायनामाइटसँग सम्बन्धित लापरबाहीका कारण विस्फोट भएको हो। उनले घटनामा १५ मानिस मारिएको र ५ सय जना घाइते भएको बताएका थिए। तर पछि त्यहाँको स्वास्थ्य मन्त्रालयले १७ जनाको मृत्यु र ४२० व्यक्ति घाइते भएको जानकारी दिएको हो।  एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad