खेल


खेलाडीलाई कोरोना पुष्टि भएपछि पाकिस्तान सुपर लिग रद्द

खेलाडीलाई कोरोना पुष्टि भएपछि पाकिस्तान सुपर लिग रद्द

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १०:५५,

खेलाडीमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पाकिस्तान सुपर लिग (पीएसएल) स्थगित भएको छ।

बिहीबार थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र फ्रेन्चाइज टोलीको बैठकले लिग स्थगित गर्ने निर्णय गरेको हो।

दुई फरक टोलीका खेलाडीमा संक्रमण पुष्टि भएपछि लिग स्थगित गर्नुपरेको पीसीबीले जनाएको छ। गत मार्च १ मा इस्लामाबाद युनाइटेडका अस्ट्रेलियन लेग स्पिनर फवाद अहमदमा कोरोना सक्रमण पुष्टि भएको थियो।

त्यसपछि अन्य स्थानिय सहयोगी र खेलाडीमा लक्ष्ण देखिएपछि कोरोना टेष्ट गरिएको थियो।

लिग स्थगित भएपछि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्पदेश फर्कने नफर्कने भन्ने बारेमा भने कुनै टुङगो लागेको छैन। सन्दीपको व्यवस्थापन हेर्दै आएका रमण सिवाकोटीका अनुसार उनले स्वदेश फर्कने बारेमा अहिले सम्म कुनै टुङ्गो नलागेको बताए।

लाहोर कलन्दर्सबाट लिग खेल्न सन्दीप गत शनिबार कराँची प्रस्थान गरेका थिए।

त्यसअघि ड्राफ्टबाट कुनै टोलीले नलिए पनि राष्ट्रिय टोलीको व्यस्त तालिकाका कारण अफगानिस्तानी क्रिकेटर रासिद खान नखेल्ने भएपछि उनको स्थानमा सन्दीपलाई लाहोर कलन्दर्सले अनुबन्ध गरेको हो।

पीएसएल फेब्रुअरी २० बाट सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad