कारोबार


केही दिनको उतारचढावपछि फेरि लयमा सेयरबजार, निफ्राको सर्वाधिक कारोबार

केही दिनको उतारचढावपछि फेरि लयमा सेयरबजार, निफ्राको सर्वाधिक कारोबार

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १०:४९,

आज सेयरबजार कारोबार मापन गर्ने नेप्से परिसूचक ९०.६७ अंकले बढेको छ।

उक्त अंकले बढेर बजार परिसूचक २५०६.६८ विन्दुमा पुगेको हो। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि एकै दिन १४.६७ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज सेयरबजारमा २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता सेयर किनबेच भएको छ। दिनभरिमा ६५ हजार १ सय ७४ पटकको खरिदबिक्रीपछि कारोबार रकम ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ नाघेको छ।

यस्तै ३३ खर्बमा झरिसकेको बजार पुँजीकरण पनि आज ३४ खर्ब नाघेको छ। बजारमा तरलता १२ खर्बको छ। आज सबै १३ समूहका सूचकहरु बढेका छन्। तिनमा जीवन बीमा, माइक्रोफाइनान्स, अन्य, उत्पादन, निर्जीवन बीमा र व्यापार समूहको सूचक उच्च अंकले बढेका छन्।

यो पनि–
सेयरबजारमा ३९ अंकको गिरावट, यी हुन् कमाउने र गुमाउने लगानीकर्ता

आज सर्वाधिक कारोबार गरेको निफ्राको ५३ करोडको कारोबार भएको छ। उसको सेयर मूल्य ५ सय ५२ रुपैयाँ प्रतिकित्ता पुगेको छ।

त्यसपछि शिखर इन्स्योरेन्सको २४ करोडको, नबिल बैंकको २० करोडको, नेपाल टेलिकमको १९ करोडको र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोडको कारोबार भएको छ।

यो पनि–
सम्हालियो सेयरबजारः साढे २ अर्बले काराेबार घटे पनि सूचक २५ सय विन्दुमाथि

आज कमाउनेमा चन्द्रागिरि हिल्सका लगानीकर्ता छन्। उनीहरुले ५५ रुपैयाा प्रतिकित्ता आम्दानी गरेका छन्।

त्यसबाहेक सूर्योदय लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जीका सेयरधनीले पनि आज १० प्रतिशत आम्दानी गरेका छन्। ९ प्रतिशतभन्दा धेरै आम्दानी गर्ने लगानीकर्ता आज धेरै छन्। गुमाउनेले आज मात्र ३.४५ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।

यो पनि–
सेयरबजारमा ८० अंकको पहिरो, शिखर इन्स्योरेन्सको अर्ब नाघ्यो कारोबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad