खेल


ईपीएलको अर्को संस्करण आगामी असोजमा

ईपीएलको अर्को संस्करण आगामी असोजमा

नेपालखबर
फागुन १६, २०७७ आइतबार १५:२४,

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आगामी संस्करण २०७८ साल असोज दोस्रो साता हुने भएको छ।

एभरेष्ट प्रिमियर लिग ईपीएल आयोजकले आइतबार प्रतियोगिता आगामी असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९) हुने जानकारी दिएको हो।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ क्यानले समेत स्वीकृति दिइसकेको छ। कोरोना महामारी अघि ईपिएल चैत १ देखि १५ गतेसम्म हुने तय भए पनि अन्तिम समयमा अनिश्चित समयका लागि स्थगित भएको थियो।

ईपीएलमा ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इलाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन्।

ईपीएलमा वेष्ट इण्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेल, केभिन ओ ब्रायन, पल स्टर्लिङ लगायतका खेलाडीलाई विभिन्न टोलीले अनुबन्ध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad