आगामी वैशाखमा नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जानकारी दिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ। आयोजक नेपाल स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माका अनुसार ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि ७ शहरको नामको टोली हुनेछन।
राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन्। टोलीले अक्सनबाट खेलाडी छनोट गर्नेछ। अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ।
कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिईएको बताए।
Shares

प्रतिक्रिया