साताको दोस्रो कारोबार दिन सेयरबजार ३२.६७ अंकले ओरालो लागेको छ। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ९.२२ अंकले रातो भएको छ।
२०७ कम्पनी सामेल भएको कारोबारमा आज २ करोड १६ लाख १४ हजार कित्ता सेयर बिक्री भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा ७८ हजार ८ सय ५८ पटकको खरिदबिक्रीसँगै ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ।
आज बीमा सूचकहरु घटेका छन्। १२ मध्ये आज जलविद्युत् र अन्य समूहको मात्रै कारोबार सूचक हरियो भएको छ।
आजको कारोबारमा आठवटा कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्दा नेपाल इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले प्रतिकित्ता ६० रुपैयाँ आम्दानी गरेका छन्। गुमाउने लगानीकर्ताले आज ५.५२ प्रतिशतसम्म गुमाएका छन्।
कारोबारमा भने आज एनआईसी एसिया बैंकको सर्वाधिक ३८ करोडको कारोबार भएको छ। आज पनि दोस्रो धेरै कारोबार गर्नेमा निफ्रा छ। उसको ३२ करोडको कारोबार हुँदा सेयर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ।
Shares

प्रतिक्रिया