नेपाल पुलिस क्लबले तेस्रो स्थानमा रहेर राष्ट्रिय महिला लिग फुटबलको सुखद अन्त्य गरेको छ।
शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोलको फराकिलो अन्तरले पाखा लगाउँदै पुलिस तेस्रो स्थानमा उक्लेको हो।
लिगको सुरुवातमा निकै कमजोर प्रदर्शन गरेको पुलिस क्लबले पछिल्लो समय लय समाउँदै आएको थियो। दोस्रो लेगमा नेपाल एपीएफ क्लवलाई लिगकै पहिलो गोल गर्नु पुलिस क्लबको सम्झनलायक प्रदर्शन हो।
लिगको १२ खेलमा ५ मा जित, ४ मा हार र ३ खेलमा बराबरी गर्दै पुलिस क्लबले १८ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको हो।
पुलिस क्लब तेस्रो स्थानमा उक्लेपछि वालिङ नगरपालिका स्याङजा चौथो स्थानमा झरेको छ। ५ मा खेलमा जित त्यति नै खेलमा पराजित भएको वालिङले २ खेलमा बराबरी गरेको थियो।
विराटनगर नगरपािलकाले भने ५ खेलमा जित ६ खेलमा हार र ३ खेलमा बराबरी गर्यो। १६ अंक भएको विराटनगर पाँचौ स्थानमा रहेको छ। ३ खेलमा जित र ९ खेलमा हार भोगेको चन्द्रपुर छैटौँ स्थानमा रह्यो।
अंकविहीन चौदण्डगढी नगरपालिका पुछारमा रहेर लिग सकाएको छ। लिगका सबै खेलमा पराजित चौदण्डीगढी नगरपालिकाले १ सय ६ गोल खाएको छ भने ४ गोल मात्र फर्कायो।
एक महिना चलेको लिगाको उपाधि भने नेपाल एपीएफ क्लबले दुई खेलअगावै जितिसकेको छ।
Shares

प्रतिक्रिया