राष्ट्रिय महिला लिगको अन्तिम खेलमा शुक्रबार शीर्ष स्थानको नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब खेल्दै छन्।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजेपछि हुनेछ।
एपीएफले अपराजित यात्रालाई कायम राख्दै लिग यात्रा सकाउन चाहन्छ भने दोस्रो स्थानमा रहेको आर्मी फुटबल क्लवले एपीएफलाई हराएर लिगको बिट मार्न चाहन्छ।
लिगको उपाधि नेपाल एपीएफ क्लवले जितिसकेको कारण आजको खेल प्रतिष्ठाको लडाइँको रुपमा मात्र रहेको छ।
एपीएफकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा को अभाव आजको खेलमा देखिनेछ। गत सोमबार नेपाल पुलिस क्लबसँगको खेलमा ६९औँ मिनेटमा घाइते भएकी सावित्राले त्यसको १० मिनेटपछि मैदान छाडेकी थिइन्।
उनको घुडाँमा गम्भीर चोट लागेका कारण करिब १ वर्ष मैदान बाहिर रहनेछिन्। आज साम्बाको अनुपस्थितिको फाइदा उठाउने दाउमा आर्मी फुटबल क्लब छ।

प्रतिक्रिया