चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६–३, ६–४ को सोझो सेटमा पराजित भएकी हुन्।
अब फाइनलमा ओसाकाले अमेरिकी जेनिफर ब्राडी वा चेक गणतन्त्रकी कारोलिना मुचोभामध्ये एकसँग शनिबार खेल्नेछिन्। ओसाकाको यो चौथो ग्रान्डस्लाम उपाधिका लागि भिडन्त हुनेछ।
चार वर्षअघि गर्भवती रहेकै बेला विलियम्सले एउटा ग्रान्डस्लाम जितेकी थिइन्। यसअघि पनि सेरेना ओसाकासँग पराजित भएकी थिइन्।
सन् २०१८ मा सम्पन्न युएस ओपनको फाइनलमा सेरेनालाई पराजित गर्दै ओसाकाले उपाधि रक्षा गरेकी थिइन्। एएफपी

प्रतिक्रिया