खेल


लिग उपाधि पोल्टामा पारिसकेको एपीएफलाई अर्को जित

लिग उपाधि पोल्टामा पारिसकेको एपीएफलाई अर्को जित

नेपालखबर
फागुन ५, २०७७ बुधबार १४:११,

राष्ट्रिय महिला लिगमा एपीएफ क्लबले विराटनगर महानगरपालिकाविरुद्ध १–० गोल अन्तरको जित हात पारेको छ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफ विजयी भएको हो।

एपीएफकी अनिता केसीले ५५औँ मिनेटमा सरु लिम्बुले दिएको पास सदुपयोग गर्दै टोलीलाई जित दिलाएकी हुन्।

आजको खेलमा प्लेयर अफ दि म्याच भने सरु लिम्बु भइन्।

योसँगै टोलीले शीर्षस्थानको अंक दूरी बढाएको छ। उसले ३३ अंक बटुलिसकेको छ।

एपीएफ जारी लिगको विजेता दुई खेलअघि नै भइसकेको छ। आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–१ को बराबरीमा रोकेपछि एपीएफले लिग उपाधि आफ्नो पोल्टामा पारेको हो।

एपीएफले अब अन्तिम खेल त्रिभुवन आर्मीसँग खेल्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .