खेल


टोकियो ओलम्पिक प्रमुख मोरी राजीनामा दिने मनस्थितिमा

टोकियो ओलम्पिक प्रमुख मोरी राजीनामा दिने मनस्थितिमा

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ०:३३,

टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन्।

महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा उनीविरुद्ध आक्रोस व्यक्त हुन थालेपछि मोरी राजीनामा गर्ने मनस्थितिमा पुगेका जापानी सञ्चारमाध्यमले जनाएका छन्।

मोरीले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्ति लैङ्गिक रूपमा विभेधकारी रहेको भन्दै राजनीतिक वृत्तमा आलोचना भएको छ। आलोचनापछि उनी पदबाट राजीनामा दिने तयारीमा लागेका अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन्।

महिलाका बारेमा मोरीले गरेको टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइ बनेको थियो। महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजना छ। ओलम्पिक समितिले मोरीको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गर्दै आएको छ।।

८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले लेखेका छन्। मोरीले सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सार्ने सम्भावना छ।

जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाव परेको बताएका छन्। ‘जब तपाईं महिला कार्यकारी सदस्यहरूको सङ्ख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाईलाई निश्कर्षमा पु¥याउन कठिनाई हुने र यो अप्रिय हुने गर्छ,’ उनले भनेका छन्।

लैङ्गिक विभेध सिजएना गर्ने अभिव्यक्तिका लागि माफी मागेपनि मोरीले महिलासँग आँफू धेरै बोल्न नचाहने बताएका कारण पनि आचोचना भइरहेको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .