खेल


अभिषेक रिजाल ऐजवाल क्लबबाट भारतीय आईलिग खेल्ने

अभिषेक रिजाल ऐजवाल क्लबबाट भारतीय आईलिग खेल्ने

नेपालखबर
माघ २६, २०७७ सोमबार १३:९,

राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले ऐजवाल फुटबल क्लबबाट भारतीय आईलिग खेल्ने भएका छन्।

मोहमडन सपोर्टिङ क्लबबाट आइलिग छनोट खेलेका अभिषेकले उनको टोली आईलिगमा छनोट भएपनि उनले खेल्ने मौका पाएका थिएनन्। अभिषेकलाई लिगको बाँकी खेलका लागि ऐजवालले अनुबन्ध गर्न लागेको हो।

आइलिगको छैटौं चरणको खेल सकिन लाग्दा ऐजवाल लिगको पाँचौ स्थानमा छ। ५ खेलमा टोलीले २ जित, २ बराबरी र एक हारसँगै ८ अंक जोडेको छ। भारतीय लिग खेल्ने अभिषेक तेस्रो खेलाडी हुन्।

यसअघि राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट आइलिग खेलिरहेका छन्। उनको टोली ८ अंकसहित तेस्रो स्थानमा छ। यस्तै प्रकाश बुढाथोकीले नेरोकाबाट खेल्ने तयारी गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad