प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपाले बिहीबार राजधानीमा आयोजना गरेको सभा इतिहासकै ठूलो सभा भएको दावी गरेका छन्।
नेकपाले शुक्रबार नारायणहिटी दरबार अगाडि गरेको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्।
‘इतिहासकै कहिल्यै नभएको, इतिहासकै सबैभन्दा ठूलो सभा पहिलोपल्ट आज काठमाडौँमा भइरहेको छ’, ओलीले भने, ‘यो इतिहासकै ठूलो जनसभा हो।’
उनले आफ्नो पार्टीको आमसभालाई असफल बनाउन आमहड्ताल लगायतका कार्यक्रम गरे पनि सचेत जनता उपस्थित भएको भन्दै उनले आमसभामा उपस्थित सबैलाई धन्यावाद समेत दिए।
3
Shares

प्रतिक्रिया