खेल


खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समीकरण पूरा

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समीकरण पूरा

प्रकाश न्यौपाने
माघ २०, २०७७ मंगलबार १०:२७,

रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सेमिफाइनल समिकरण पूरा भएको छ।

समूह (ए) बाट धनगडी क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा समूह (बी) बाट न्यू होराइजन स्कूल र ओसिस क्रिकेट एकेडेमी सेमिफाइनल पुगेका छन्।

मंगलबार सिद्धार्थ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा धनगढीले काशी नोबललाई ५८ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरको खेलमा ७ विकेट क्षतिमा ९८ रनको योगफल बनायो। उसका लागि सचिन साउदले ३१ र खगेन्द्र कुँवरले २७ रन बनाए।

बलिङमा काशीका सन्तोष यादव र तुसार चौहानले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको काशीले १२।३ ओभरमा सबै विकेट गुमाई ४० रनमै समेटियो। जसमा अंकित बीएमले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। काशीलाई सस्तैमा रोक्न बलिङमा धनगढीका रोशन रावल, नरो भट्ट र रजत रानाले समान २-२ विकेट लिए।

धनगढीमा रोशन रावल म्यान अफ द म्याच घोषित भए। पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता जारी छ। प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad