खेल


पोइररको पन्चले भन्दा पनि खुट्टाको चोटका कारण मकग्रेगर हारे!

पोइररको पन्चले भन्दा पनि खुट्टाको चोटका कारण मकग्रेगर हारे!

नेपालखबर
माघ १२, २०७७ सोमबार ११:४७,

आइरिस फाइटर मकग्रेर अमेरिकी फाइटर डस्टिन पोइररसँग दोस्रो राउन्डमा पराजित भएका थिए।

धेरैले पोइररसँग मकग्रेगर पराजित हुन्छन् भन्ने सोचका थिएनन्। तर पोइररले मकग्रेगरलाई टेक्निकल नकआउट गरेका हुन्।

यसअघि सन् २०१४ मा मकग्रेगरले पोइररलाई यूएफसीमै पहिलो राउन्डको एक मिनेट ४६ सेकेन्डमा नकआउट गरेका थिए।

३२ वर्षका पोइररले ३२ वर्षकै मकग्रेगरलाई पराजित गर्दै बदला लिएका हुन्।

(यसरी लाग्याे खुट्टामा चाेट)

कसरी हारे मकग्रेगर?

पोइररको पन्चले भन्दा पनि खुट्टामा चोट लागेका कारण मकग्रेगरले खेल हारेको विश्लेषकहरुको भनाइ छ।

खुट्टामा चोट नलागेको भए मकग्रेगरले पोइररलाई पराजित गर्ने उनीहरुको भनाइ छ।

सार्वजनिक भिडियोमा पोइररले मकग्रेगरको खुट्टामा हिर्काएको देख्न सकिन्छ। दोस्रो राउन्डको यही विन्दु मकग्रेगरको हारको प्रमुख कारण भएको बताइएको छ।

UFC: Backstage photo exposes side of Conor McGregor 'we've never seen' - NZ  Herald

पोइररको खुट्टा मकग्रेगरको खुट्टामा बज्रिएसँगै मकग्रेगरको घुँडा तलको भाग सुन्निएको देखिएको छ। खुट्टाले खेल्न असहज हुँदा हुँदै पनि उनी भिडिरहेका हुन्छन्।

सोही क्रममा पोइररले शक्तिशाली मुक्काहरु प्रहार गर्दा मकग्रेगर नकआउट हुन्छन्। विश्लेषकहरुले पोइररको मुक्काले भन्दा पनि खुट्टाको चोटले मकग्रेगरले खेल हारेको तर्क गरिरहेका छन्।

(खुट्टाको चोटपछि वैशाखीकाे सहारा)

खेल सकिएपछि मकग्रेगर वैशाखी टेकेर हिँडेको पनि देखिन्छ। यसकारण उनको खुट्टामा समस्या रहेको प्रस्ट हुने बताइएको छ।

खेलमा एकअर्काका प्रतिस्पर्धी भए पनि उनीहरुबीच राम्रो सम्बन्ध छ। उनीहरुले खेलपछि पनि राम्रोसँग एक अर्काको जित र हारलाई स्वीकार गरेका थिए।

मकग्रेगरले यसअघि नै पोइररको द गुड फाइट फाउन्डेसनलाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्। एजेन्सी

UFC Fight Night results, highlights: Dustin Poirier outlasts Dan Hooker in  instant lightweight classic - CBSSports.com

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad