ad ad

खेल


राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

नेपालखबर
माघ ८, २०७७ बिहिबार ४:११,

राष्ट्रिय महिला लिगमा आज शुक्रबार दुई खेल हुँदैछन्।

हिजोबाट सुरु लिगको दोस्रो दिन आज शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा विराटनगर नगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जा भिड्दैछन्।

पहिलो खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा बिहान साढे ११ बजे हुनेछ। दोस्रो खेल सोही मैदानमा साढे २ बजेदेखि सुरु हुनेछ।

लिगको उद्घाटन खेलमा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। १ महिना चल्ने लिगको उद्घाटन र समापन खेल भने दशरथ रगंशालामा हुनेछ।

लिगमा चारवटा नगरपालिका र ३ विभागीय गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिगमा शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।

लिगको विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुने टोलीले ५ तथा चौथो टोलीले ३ लाख रुपैयाँ पाउने छन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र हरेक विधाका उत्कृष्ट खेलाडी (स्टाइकर, मिल्डफिल्डर, डिफेन्डर, गोलकिपर) र प्रशिक्षकले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .