ad ad

समाज


मोटरसाइकल दुर्घटना हुँदा २ युवाको घटनास्थलमै मृत्यु, १ घाइते

मोटरसाइकल दुर्घटना हुँदा २ युवाको घटनास्थलमै मृत्यु, १ घाइते

नेपालखबर
माघ ८, २०७७ बिहिबार ३:३४,

सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि बस्ने २५ वर्षीय अरविन्द यादव रहेका सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार २५ वर्षीय सुनिल चौधरी घाइते भएका छन्। घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तीन जना सवार प्रदेश नं २–०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा हुलाकी सडकखण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .