खेल


प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबको पहिलो जित

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबको पहिलो जित

नेपालखबर
माघ ७, २०७७ बुधबार ७:२६,

सुनिल धमाला र कुशल भुर्तेलको उत्कृष्ट साझेदारीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पाखा लगाएको हो। सुदूरपश्चिमले दिएको १ सय ११ रनको लक्ष्य पुलिस क्लवले १७ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

धमाला र भुर्तेलले पहिलो विकेटका लागि ९७ रनको उत्कृष्ट साझेदारी गरे। ९७ बलको सामना गरेका धमालाले २ छक्का र ६ चौका मद्दतमा ५३ रन जोडे।

भुर्तेल ५१ र अमित श्रेष्ठ १ रनमा नटआउट रहे। ४४ बलको सामना गरेका भुर्तेलले १ छक्का र ९ चौका हाने।

सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम ३३ दशमलव १ ओभरमा १ सय १० रन जोड्दा अलआउट भयो।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान ४ विकेट लिए। किफायती बलिङ गरेका ढकालले आफ्नो स्पेलमा ३ मेडन राख्दै १८ रन खर्चे। निकै कसिलो कलिङ गरेका ऐरीले ६ दशमलव १ ओभरमा २ मेडन राख्दै जम्मा १० रन दिए।

सुदूरपश्चिमका खडक बोहोराले ४०, सञ्जु दमाईले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन जोडे। ६ ब्याट्सम्यान शून्य रनमै पवेलियन फर्के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad