नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरुहुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि सहभागी १० टोलिलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपीएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन्।
त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन्।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छन्। पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ। फाइनल माघ १७ गते हुने छ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरेको थियो।
दुवैै प्रतियोगिता डिशमिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रतिक्रिया