प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेका स्थायीे कमिटीको बैठकले महासचिवबाट पौडेललाई हटाउने निर्णय गरेको स्थायी कमिटीका सदस्य वेदुराम भुसालले बताए।
प्रधानमन्त्री ओलीले पुस ५ गते पार्टीमा सल्लाह नै नगरी प्रतिनिधि सभा विघटनगरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ।
यसअघि प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाए पनि महासचिव पौडेललाई भने कुनै कारबाही गरेको थिएन।
त्यस्तै शुक्रबार कै बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीबाट हटाउनका लागि स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ।
याे पनि : ओलीलाई पार्टीबाट निकाल्ने प्रचण्ड–नेपाल समूहको तयारी, सोध्यो स्पष्टीकरण

प्रतिक्रिया