प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मीले टोलीको घोषणा गरेको छ।
भोलि शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे हुनेछ।
प्रतियोगिताका लागि त्रिभुवन आर्मीले सोमपाल कामी, कुशल मल्ल र करण केसीविनै टोलीको घोषणा गरेको हो।
संयुक्त अरब इमिरेन्ट्स (युएई)मा हुुने टि टेन लिगका कारण मुख्य तीन खेलाडी पीएम कपमा सहभागी नहुने आर्मीले जनाएको छ।
यता गण्डकी प्रदेशले भने १४ वर्षीय ब्याट्सम्यान अर्जुन कुमाललाई समेट्दै यसअघि नै टोलीको घोषणा गरिसकेको छ।
दोस्रो खेलमा शनिबार प्रदेश १ र सशस्त्र प्रहरीको एपीएफ खेल्नेछन्। प्रतियोगिताको दुई खेल त्रिवि मैदानमा हुनेछ। अन्य दिन दुई–दुई खेल हुनेछ। अन्य दिनका खेलहरु त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिवि मैदानमा हुनेछ।
आर्र्मी टोली : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अनिल मण्डल, राजु रिजाल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, आकाश चन्द, सुशन भारी, साहब आलम, हरिकृष्ण झा, लोकेश बम र जितेन्द्र मुखिया
गण्डकी प्रदेश : विपिन खत्री (कप्तान), अशोक श्रेष्ठ (उपकप्तान), दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कंडेल, अर्जुन कुमाल, विशाल पौडेल, विष्णु पान्डे र दीनेश बुढा मगर
Shares

प्रतिक्रिया