कमल पोखरी पुननिर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमल पोखरीको संरचना बनाउन लागेको बताएको छ।
कमलपोखरीको पुननिर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ। तर काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माणकार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो।
कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिँदै आएको छ। छठ पुजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमती अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए। खाली जमिन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाई छ।
पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उनले बताए। पानीलाई जमेर बस्न नदिनेगरि पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाईने उपाध्यक्ष बस्नेतले बताए।
ढुंगा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उपाध्यक्ष बस्नेतले बताए। करिब ७ करोडको लागतमा कमलपोखरी पुननिर्माण हुन लागेको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताए।
Shares

प्रतिक्रिया