यही माघ १३ र १४ गते नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइस्पिड किक तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।
कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता हुनलागेको हो।
यसमा इरान, सिरिया र रुवान्डामा रहेका अनाथ बालबालिका, हिंसापीडित र शरणार्थीलाई निःशुल्क सहभागी गराइने आयोजकले जनाएको छ। प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङको हलमा हुनेछ।
पुम्सेमा ६० र हाइस्पिड किकमा ३० गरी जम्मा ९० इभेन्ट हुनेछन्।
पुम्सेतर्फ पुरुष/महिलाको किड्समा ५/५, पिवीमा ५/५, सब जुनियरमा ५/५, क्याडेटमा ५/५, जुनियरमा ५/५, सिनियरमा १/१, यु–४० मा १/१, यु–५० मा १/१, यु–६० मा १/१ र ६० वर्षमाथिमा १/१ गरी जम्मा ६० स्पर्धा हुनेछन्।
त्यस्तै हाइकिक स्पिड किकतर्फ पुरुष/महिला क्याडेटमा ५/५, जुनियरमा ५/५ र सिनियरमा ५/५ गरी जम्मा ३० स्पर्धा हुने बताइएको छ। हाइस्पिड किक नेपालमै पहिलोपटक हुनलागेको हो।
प्रतियोगितामा २९ देशका करिब १ हजार ३ सय खेलाडी सहभागी हुँदै छन्।
उत्कृष्ट खेलाडीलाई पुरुष/महिलामा समान १/१ सय अमेरिकी डलर पुरस्कार दिइनेछ।
मोस्ट पपुलर प्लेयर पुरस्कार १ सय ५० अमेरिकी डलर युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारम ाचयन गरिनेछ।
यसको अनुमानित बजेट ५ लाख ६० हजार रुपैयाँ रहेको छ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाले सहयोग गरेका छन्।

प्रतिक्रिया