करातेका दोहोरो स्पर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष पुरुष खेलाडी घोषित भएका छन्।
वर्ष पुरुष खेलाडी बनेका मण्डेकाजीले एक थान पल्सर मोटरसाइकल पाएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले हरे वर्ष प्रदान गर्ने स्पोर्टस् अवार्डमा यो वर्ष मण्डेकाजीले ४ खेलाडीलाई पछि पार्दै अवार्ड जितेका हुन्। मण्डेसँगै फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा पारेका थिए।
मण्डेले गत वर्ष घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा (एकल, टिम काता) दोहोरो स्वर्ण जितेका थिए। २०७६ कौ वैशाखमा प्रदेश ५ को नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत पदक जितेका थिए।
बगंलादेशमा भएको साफ च्याम्पियनसिपमा एकल कातामा कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए।
मण्डेकाजी पुरुष वर्ष खेलाडीसँगै पिपल्स च्वाइस अवार्डको मनोनयनमा पनि परेका थिए।

प्रतिक्रिया