खेल


पल्सर स्पोर्ट्स अवार्डः वर्ष महिला खेलाडी बनिन् पौडीकी गौरिका

पल्सर स्पोर्ट्स अवार्डः वर्ष महिला खेलाडी बनिन् पौडीकी गौरिका

नेपालखबर
पुस २८, २०७७ मंगलबार १३:७,

पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष महिला खेलाडी घोषित भएकी छन्। विजेता गौरिकाले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेकी छन्।

जलपरी गौरिकाले गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ४ वर्ष पदक जित्दै तेक्वान्दोका ओलम्पियन दिपक विष्टसँगको कीर्तिमान बराबर गरेकी थिइन्।

सागमा उनले ४ स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्दै सर्वाधिक पदक विजेता खेलाडी बनेकी थिइन्। गत वर्षको वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा पौडीका सबै १२ स्पर्धामा स्वर्ण पदक जितेकी थिइन्।

महिला वर्ष खेलाडीमा पौडीकी गौरिकासँगै करातेका अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए। गौरिका पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पनि परेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad