खेल


राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन

राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन

नेपालखबर
पुस २७, २०७७ सोमबार १०:३१,

राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ।

शाहीको आइतबार राती ९ः३० बजे पुर्ख्यौली घर दैलेखको चोरत्तामा निधन भएको शाहीकी छोरी करुणालाई उद्धत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए।

एक साताअघि दैलेख पुगेका उनको त्यसअघि चेकअप गराउँदा खासै नदेखिए पनि तीन चार दिन यताबाट भने खानामा रुची कम भएको मिश्रले बताए।

दक्षिण एसिायली खेलकुद साग (साग) का स्वर्ण पदक विजेता समेत रहेका ६५ वर्षे शाहीको सोमबार दिउँसो दैलेखमै उनको आजै दिउँसो अन्तिम संस्कार गरिएको छ।

सन् १९८४ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनी त्यसको सदस्य थिए। उनले १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए।

त्यस्तै उनले (१९९५ देखि २००२ सम्म) ७ वर्ष लामो समय एन्फाको महासचिवका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए। एन्फा बाट अलग भएपछि शाही नेपाल बक्सिङ संघको महासचिव बनेका शाही नेपाल आइस हक्की संघका संस्थापक अध्यक्ष समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad