डिशहोमको रियालिटी टीभी च्यानल १०२ मा अब स्ट्याण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण हुने भएको छ।
हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने कार्यक्रमको पहिलो भाग यही पुस २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिनेछ।
डिशमिडिया नेटवर्कको लागि पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका छन्।

प्रतिक्रिया