समाज


नेपालमा २ लाख ६३ हजार बढीमा कोरोना पुष्टि, सक्रिय संंक्रमित पाँच हजार मात्रै

नेपालमा २ लाख ६३ हजार बढीमा कोरोना पुष्टि, सक्रिय संंक्रमित पाँच हजार मात्रै

नेपालखबर
पुस २२, २०७७ बुधबार १२:३५,

पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो। जसमा १४४ महिला र २६५ पुरुष छन्।

कूल संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ संक्रमणमुक्त भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १ हजार ६०८ जना होमआइसोलेसनमा छन्। एक सय ९७ को आईसीयूमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कोरोना संक्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad