ad ad

खेल


एपीएफलाई हराउँदै प्रदेश १ बन्यो च्याम्पियन

एपीएफलाई हराउँदै प्रदेश १ बन्यो च्याम्पियन

नेपालखबर
पुस १९, २०७७ आइतबार ९:३६,

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ। 

राष्ट्रिय खेलाडीले भरिएको एपीएफ क्लबलाई आइतबार सम्पन्न फाइनलमा ६ रनले पराजित गर्दै प्रदेश १ च्याम्पियन बनेको हो।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा समेटिएको थियो। 

एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन जोडिन। त्यसबाहेक ज्योती पाण्डेले १४, इन्दु बर्माले ७, सरिता मगरले ६ रन जोडिन।

प्रदेश १ की रुविना क्षेत्री र अलिसा खडियाले २-२ तथा संगिता राईले एक विकेट लिइन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो। 

उसका अप्सरी बेगमले ४५ बलमा ५ चौकासहित ३४, काजोल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्रीले १८ रन जोडिन।

एपीएफकी कप्तान सिता रानामगरले तीन तथा करुणा भण्डारीले एक विकेट लिइन।

जितसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ हात पारेको छ भने एपीएफले २ लाख रुपैयाँ पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .