ad ad

राजनीति


खुमलटारमा ओलीले वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको ज्ञवालीको खुलासा

खुमलटारमा ओलीले वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको ज्ञवालीको खुलासा

नेपालखबर
पुस १९, २०७७ आइतबार ९:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं परराष्ट्रमन्त्रीले प्रदीपकुमार ज्ञवालीले केही नेताको कहिल्यै पूरा नहुने चाहनाका कारण पार्टीमा समस्या आएको बताएका छन्।

आइतबार अनेरास्ववियू केन्द्रीय समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन्। ‘हाम्रा केही नेताको हाम्रा कहिल्यै पूर्ति नहुने पदीय आकांक्षा आजको मुख्य समस्या हो’, उनले भने।

उनले प्रचण्ड–नेपालतर्फ संकेट गर्दै विधि र प्रक्रियाभन्दा बाहिरबाट प्रधानमन्त्री र अध्यक्ष हुन खोजेको बताए। उनले प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणका लागि विशेष महाधिवेशन गरौँ भनेर प्रस्ताव गर्दा प्रचण्डले अस्वीकार गरेको बताए।

प्रधानमन्त्रीले आगामी महाधिवेशनबाट आफू अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री नहुने बताएको उनले जानकारी दिए। 

‘प्रधानमन्त्रीले भन्नुभएको छ, आगामी महाधिवेशनबाट म अध्यक्ष बन्दिनँ, आगामी निर्वाचनदेखि म प्रधानमन्त्री हुन्नँ’, उनले भने। उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री ओलीलेजस्तो प्रस्ताव अरु कसैले नगरेको उनले दावी गरे।

मन्त्री ज्ञवालीले पुस ४ गते प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमै पुगेर एकताको विशेष महाधिवेशन गर्न प्रस्ताव गरेको बताए। उनले ओलीले तामझामका साथ विशेष महाधिवेशन गर्न नसके पनि नेतृत्व हस्तान्तरणका लागि निश्चित प्रतिनिधि बोलाएर एकताको महाधिवेशनको प्रस्ताव गरेको जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको निवासमै पुगेर विशेष महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको थियो’, उनले भने, ‘प्रधानमन्त्रीले तामझामका साथ महाधिवेशन गर्न नसके पनि नेतृत्व परिवर्तन गर्ने म्यान्डेटसहित निश्चित साथीहरुलाई बोलाएर एकताको विशेष महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको थियो।’

उनले खुमलटारमा प्रचण्डसँग प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी बाटो खोल्न प्रस्ताव गरेको पनि खुलासा गरे।

‘हामी त दोहोर्‍याइ/दोहोर्‍याइ प्रधानमन्त्री भयौँ उहाँ (गौतम)लाई पनि प्रधानमन्त्री हुने बाटो खोलौँ न भन्नु भयो’, उनले भने, ‘उक्त छलफलमा उपाध्यक्ष गौतम पनि सहभागी हुनुहुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .