ad ad

समाज


समृद्धि स्कुलका विद्यार्थी र अभिभावकसहित ७३ जनाद्वारा रक्तदान

समृद्धि स्कुलका विद्यार्थी र अभिभावकसहित ७३ जनाद्वारा रक्तदान

नेपालखबर
पुस १९, २०७७ आइतबार ९:४०,

समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचः को संयुक्त आयोजनामा समृद्धि स्कुल बालाजुमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका अनुसार कोभिड १९ को संक्रमण पश्चात विद्यालयमा सम्पन्न भएको यो पहिलो रक्तदान कार्यक्रम हो। उक्त कार्यक्रममा ७३ जना विद्यार्थी, अभिभावक तथा स्थानीय दाताहरूले रक्तदान गरेका थिए।

समृद्धि स्कुल बालाजुको क्लब २५ का विद्यार्थीहरूले व्यवस्थापन गरेको उक्त कार्यक्रममा रक्तदाताहरू तथा सहयोगी संस्थाहरूलाई समृद्धि स्कुलका सीईओ/प्रिन्सीपल नरेशप्रसाद श्रेष्ठ, चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापु लगायतले प्रमाणपत्र वितरण गरेका थिए।

सो समाहरोहमा सीईओ÷प्रिन्सीपल श्रेष्ठले युवाहरूलाई स्वच्छ र स्वस्थ जिवनशैली अपनाई रक्तदानको माध्यमबाट मानवसेवा तथा जिवनदान गर्न सघाउने उद्देश्यले विश्व स्वास्थ संगठन (डब्लु.एच.ओ.) ले क्लब २५ को अवधारणा ल्याएको जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .