ad ad

खेल


प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल शनिबार, कुन–कुन टोली भिड्ने?

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल शनिबार, कुन–कुन टोली भिड्ने?

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:३३,

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि सशस्त्र प्रहरीको एपीएफ र सुदूरपश्चिम तथा लुम्बिनी र प्रदेश १ भिड्ने भएका छन्। सेमिफाइनल खेल शनिबार हुनेछ।

आज भएको खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई २८ तथा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले पाखा लगायो। प्रतियोगितामा अपराजित रहेको प्रदेश १ ले ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। सबै खेलमा पराजित गण्डकी भने अंकविहीन हुँदै प्रतियोगिता सकाएको छ।

बिहीबार भएको समूह बीको खेलमा सुदूरपश्चिमले वाग्मतीलाई २८ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। खराब मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा सुदुरपश्चिमले दिएको ७७ रनको लक्ष्य पछ्याएको वाग्मतीले ९ विकेटको क्षतिमा ४८ रन मात्र जोड्न सक्यो।

वाग्मतीलाई कम स्कोरमा रोक्न सुदूरपश्चिमकी कविता जोशी एक्लैले ५ विकेट लिइन्। निकै किफायती बलिङ गरेकी कविताले २ ओभर मात्र १० रन खर्चेकी थिइन्। कविता कुँवर, लक्ष्मी साउद र रितु कनौजियाले समान १ विकेट लिइन्। वाग्मतीकी सुमन खतिवडाले जोडेको २७ रन नै सर्वाधिक रह्यो। अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

No description available.

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाएर ७६ रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमकी डली भट्ट २८ र कविता कुँवर १९ रनमा नटआउट रहे। कविता जोशीले १२ रन जोडिन्। अन्य तीन ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

वाग्मती व्रदेशका आरती बिँडारीले ३ तथा निशा तामाङले १ विकेट लिए। समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार व्यहोर्दै गण्डकी प्रदेश घर फर्किएको छ। प्रदेश १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा सबै विकेट गुमाएर ७ रनमा समेटियो।

गण्डकीका ९ ब्याट्सवुमन शून्य रनमै पवेलियन फर्के। कुसुम गोदार र सोनिया थापाले समान २ रन जोडे। गण्डकीलाई सस्तैमा समेट्न संगीता राईले ५, सवनम राईले ४ तथा अप्सरी वेगमले १ विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन जोड्यो। प्रदेश १ की काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय इनिङ खेले। श्रेष्ठले ५२ र थापाले ५१ रन जोडे। कप्तान रुविना क्षेत्री १५ रनमा आउट भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .