फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलमा स्विट्जरल्यान्ड ४-३ ले विजयी भएको हो।
यो जितसँगै स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले आफ्नो प्रहार मिस गरे।
पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले मात्रै गोल गरे। डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न सकेनन्।

स्विट्जरल्यान्डका भने ४ खेलाडीले गोल गरे। ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासको गोलमा स्विट्जरल्यान्डले अगाडिको यात्रा तय गर्यो।
स्विट्जरल्यान्डका म्यानुअल अकांजीले भने पेनाल्टी मिस गरे।
सन १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो।

Shares

प्रतिक्रिया