ad ad

राजनीति


अमेरिकी सैन्य जहाज ताइवान स्ट्रेट पुगेपछि चीनले भन्योः जस्तोसुकै खतरा सामना गर्न तयार छौं

अमेरिकी सैन्य जहाज ताइवान स्ट्रेट पुगेपछि चीनले भन्योः जस्तोसुकै खतरा सामना गर्न तयार छौं

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:२३,

बिहीबार बिहानै अमेरिकी नौसेनाको यूएसएस जोन एस. मकेन र यूएसएस कर्टिस विल्बर मिसाइल डिस्ट्रोयर जहाजले चीन र ताइवानको समुद्री सीमा ताइवान स्ट्रेट हुँदै यात्रा गरेको थियो।

अमेरिकी कार्यलाई उत्तेजक बताउँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले चिनियाँ जनमुक्ति सेनाहरु उच्च सतर्कताका साथ जस्तोसुकै खतराको सामना गर्न तयार भएर बसेको बताए।

उनले चीन राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय एकताको रक्षा गर्न आफूहरु सक्षम भएको पनि बताए।

उनले चिनियाँ हस्तक्षेले यस क्षेत्रको शान्ति र स्थायित्वमा असर गरेको साथै यस कार्यले ताइवान अलग्याउने चाहनेलाई गलत संकेत दिएको पनि उल्लेख गरे। सीजीटीएन

यो पनिः चीनको चेतावनी बाबजुद अटेर गर्दै अमेरिकी सैन्य जहाज तैरियो ताइवान स्ट्रेटमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .