ad ad

खेल


प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीलाई हराउँदै एपीएफ बन्यो समूह ‘ए’को विजेता

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीलाई हराउँदै एपीएफ बन्यो समूह ‘ए’को विजेता

नेपालखबर
पुस १३, २०७७ सोमबार १०:४६,

लुम्बिनी प्रदेशलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’को विजेता बनेको छ।

आज सोमबार भएको समुह ए अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै समुह विजेता बन्दै अन्तिम ४ मा पुगेको हो।

एपीएफले अब फाइनल प्रवेशका लागि प्रतियोगिताको पहिलो सेमिफाइनलमा समुह बी को उपविजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशले समुह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

एपीएफले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिीनी प्रदेशले निधारित ओभरमा ७ विकेट गुमाउँदै ६१ रन मात्र जोड्न सक्यो।

लुम्बिनीलाई कम स्कोरमा रोक्न एपीएफका करुणा भण्डारीले २ तथा सोनु खड्का र रेखा रावलले समान १ विकेट लिए।

लक्ष्मी चौधरीले जोडेको ११ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। सरस्वती चौधरी १० रनमा नटआउट रहिन्। अन्य ७ ब्याट्स वुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रनको योगफल तयार पारेको थियो।

एपीएफकी ओपनर ज्योति पान्डेले सर्वाधिक ४९ रनको योगदान दिइन्। राजमती ऐरी ११, इन्दु बर्मा २८ रनमा पवेलियन फर्के। ममता चौधरी ४ रनमा आउट हुँदा सरिता मगर १० र सोनु खड्का २ रनमा नटआउट रहे।

लुम्बिनीकी कप्तान नेरी थापाले २ तथा कृतिका मरासैनी र सरस्वती पुनले समान १ विकेट लिए ।

प्रतियोगितामा भोलिदेखि समूह ‘बी’का खेल सुरु हुनेछन्।

समूह ‘बी’को पहिलो खेलमा भोलि सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश भिड्नेछन्। दोस्रो खेलमा वाग्मती प्रदेशले प्रदेश १ सँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .