ad ad

समाज


आर्थिक सुधारका कार्यक्रमको लागि कडा बन्दै किम, एक मुद्रा कारोबारीलाई दिए मृत्युदण्ड

आर्थिक सुधारका कार्यक्रमको लागि कडा बन्दै किम, एक मुद्रा कारोबारीलाई दिए मृत्युदण्ड

नेपालखबर
पुस १३, २०७७ सोमबार १०:४५,

कोरोना प्रकोपबीच उत्तर कोरियाको अर्थतन्त्र कमजोर बनेको र अर्थतन्त्रलाई सुधार गर्नका लागि किमले आगामी महिना कंग्रेसको बैठक बोलाएको एससीएमपीले उल्लेख गरेको छ।

उक्त आपतकालीन बैठकमा सर्वोच्च नेता किमविरद्ध मानिसहरु वफादार छन् या छैनन् साथै आर्थिक सुधार र विदेश नीतिको बारेमा छलफल हुने जनाइएको छ।

कोरोना प्रकोपबीच सीमा–नाका बन्द गरेको उत्तरले कोरोनाविरुद्धको नियमलाई उल्लंघन गरे कडा सजाय दिने चेतावनी दिएको थियो।

दक्षिण कोरियाली संचारमाध्यमले कोरोनाविरुद्धको नियम तोड्नेलाई उत्तरले मृत्युदण्ड दिने गरेको बतााएका थिए।

कोरोना प्रकोपका बेला देशमा आर्थिक गतिविधि ठप्प हुँदा उत्तरको अर्थतन्त्र कमजोर बनेको बताइएको छ। यसबीचमा किम आर्थिक सुधारका कार्यक्रमको लागि कडा बन्दै गएको बताइएको छ।

अर्थतन्त्र सुधारका लागि कडा बन्दै गएको किमले हालै आफ्नो देशका एक मुद्रा कारोबारीलाई मृत्युदण्डको सजाय दिएको बताइएको छ।

दक्षिण कोरियाली गुप्तचर एजेन्सीका अनुसार उत्तर कोरियाली वनलाई डलरमा साट्ने एक मुद्रा कारोबारीलाई उत्तर कोरियाले गत महिना मृत्युदण्ड दिएको हो।

किम पछिल्लो समय देशका धनाढ्य व्यक्तिहरुसँग कडा रुपमा प्रस्तुत हुँदै गएको पनि बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .