युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्मा मन्त्री पदबाट हटाइका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको मन्त्रिपरिषद् हेरफेरका क्रममा युवा तथा खेलकुद मन्त्री सुनारको ठाउँमा सिन्धुपाल्चोकका दावा लामालाई नियुक्त गरेका छन्।
कास्कीबाट प्रत्यक्ष चुनाव जितेका विश्वकर्माले २०७४ चैत्र २ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
मन्त्री विश्वकर्माको कार्यकालमा नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) सफलताका साथ आयोजना र सम्पन्न गर्नुका साथै ५१ स्वर्ण पदक जित्दै पदक तालिकामा दोस्रो स्थानमा रहन सफल भयो।
यस्तै राष्टिय खेलकुद ऐन कार्यान्वयन र एशियाडमा पहिलो पटक सहभागी भएको प्याराग्लाईडिले २० वर्षपछि रजत पदक स्वदेश भित्राएको थियो।
258
Shares

प्रतिक्रिया