समाज


महोत्तरीमा जन्ती गएर फर्कने क्रममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरीमा जन्ती गएर फर्कने क्रममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ९:२०,

महोत्तरीमा जन्ती गएर फर्कने क्रममा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको सीतामढी जिल्लाको मुढा ग्रामपञ्चायतका ३५ वर्षीया राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मंगलबार बिहान महोत्तरीको जलेश्वर बर्दिबास सडक खण्ड अन्तर्गत मनरासिसवा नगरपालिका ६ स्थित जन्तीबाट घर फर्किने क्रममा बी.आर.०५ पी २०२२ नम्बरको गाडी आफैँ अनियन्त्रित भई पल्टिएको थियो।

सिंह सर्लाहीको बलरानगरपालिका ९ बाट मनरासिसवा नगरपालिका ६ मा सोमबार राति जन्ती आएका थिए। बिहान फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजीका साथै घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad