आइतबार इंग्लिस प्रिमियर लिगको खेलमा घाइते भएका वुल्भरह्याम्टन वान्डरर्स क्लबका खेलाडी राउल हिमेनेजको टाउको शल्यक्रिया गरिएको छ।
आइतबारको खेलमा आर्सनलका डिफेन्डर डेविड लुइजसँग ठोक्किँदा हिमेनेजको टाउको हड्डी फुटेको थियो।
उनलाई मैदानमै अक्सिजन दिएर अस्पताल पुर्याइएको थियो।
‘हिजोको शल्यक्रियापछि राउलको अवस्था सामान्य छ,’ क्लबले भनेको छ, ‘उनलाई केही दिन निगरानीमा राखिनेछ।’
हिमेनेजलाई मैदानमा उपचार गरुञ्जेल करिब १० मिनेट खेल रोकिएको थियो।
उनीसँग ठोक्किएका लुइज भने टाउको पट्टी बाँधेर हाफ टाइमसम्म खेलेका थिए। एजेन्सी

प्रतिक्रिया