खेल


कोरोना निको भएपछि कप्तान मल्लसहितका तीन खेलाडी बन्द प्रशिक्षणमा सहभागी

कोरोना निको भएपछि कप्तान मल्लसहितका तीन खेलाडी बन्द प्रशिक्षणमा सहभागी

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ५:२०,

कोरोना संक्रमण मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्लसहित ३ खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन्।

बन्द प्रशिक्षणअघि गरिएको कोरोना परीक्षणमा कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेललाई कोरोना संक्रमण देखिएको थियो।

कोरोना संक्रमण मुक्त भएका तीनै खेलाडी आइतबारबाट बन्द प्रशिक्षणमा सहभागी भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

त्यस्तै संक्रमण पुष्टि भएका लेग स्पिनर सन्दीप लामिछाने भने अहिले पनि होम आइसोलेसनमा छन्।

यस्तै क्यानले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा मनोज कट्वाललाई नियुक्त गरेको छ। पूर्व खेलाडीसमेत रहेका सहायक प्रशिक्षक कट्वालले आजैबाट बन्द प्रशिक्षणमा सहभागी भएको क्यानले जनाएको छ।

राष्ट्रिय टोलीले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad