ad ad

राजनीति


राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सुनिल थापालाई सहमहामन्त्रीको जिम्मेवारी, ९ जना केन्द्रीय समितिमा मनोनित

राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सुनिल थापालाई सहमहामन्त्रीको जिम्मेवारी, ९ जना केन्द्रीय समितिमा मनोनित

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १३:११,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनिलकुमार थापाले सहमहामन्त्रीमा मनोनित गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थापालाई सहमहामन्त्रीमा मनोनित गरेको हो।

बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा थापालाई सहमहामन्त्री र थापासँगै कांग्रेस प्रवेश गरेका ६ जनालाई केन्द्रीय समिति र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको उल्लेख छ।

रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टीएन योगी (ललितपुर) लाई केन्द्रीय समिति र आशाराम चौधरी (कैलाली), दिलीप राई (झापा) र राजेशबहादुर सिंह (कपिलवस्तु)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मानोनित गरेको कांग्रेसले जनाएको छ।

 नेता थापा राप्रपाका असन्तुष्ट १६ जना केन्द्रीय सदस्यससिहत कांग्रेसमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गरेको झण्डै ४ महिनापछि कांग्रेस थापालाई जिम्मेवारी दिएको हो।

त्यस्तै कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्नुपर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .