कोरोना भाइरसको महामारीका कारण स्थगित खेल गतिविधि सुरु गर्न सरकारले अनुमति दिएको छ।
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले कोरोनाको कारण झन्डै आठ महिनायता रोकिएको खेल सुरु गर्न अनुमति दिएको हो।
बैठकले स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना हुने गरी राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय सहभागिताका लागि प्रशिक्षण लगायतका तयारीका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
सरकारले तोकेको मापदण्ड पुरा गरेर ओलम्पिक छनोटमा परेका खेलको प्रशिक्षणका साथै फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुन र मैत्रीपूर्ण खेल आयोजना गर्न सकिने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।
यस्तै कोरोना कै कारण बी र सी डिभिजन लिग तथा प्रदेश लिग र महिलाको राष्ट्रिय लिग स्थगित भएको थियो।
Shares
प्रतिक्रिया