ad ad

राजनीति


प्रधानमन्त्रीसँग भीम रावलको माग : संखुवासभा गएर आमसभा गर्नुभयो, अब पार्टी बैठक राख्नुस्

प्रधानमन्त्रीसँग भीम रावलको माग : संखुवासभा गएर आमसभा गर्नुभयो, अब पार्टी बैठक राख्नुस्

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १३:५५,

संखुवासभा पुगेर बुधबार आमसभा गरेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग सोहि पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको बैठक राख्न माग गरेका छन्।

संखुवासभामा प्रधानमन्त्री स्वयंले आमसभा गरेपछि अब नेकपाको केन्द्रीय समितिको बैठक र पार्टीका विधिवत् कार्यक्रम हुनसक्दैनन् वा गर्न मिल्दैन भन्ने कुरा र तर्कको स्वतः खण्डन भएको रावलले बताएका छन्।

PM Sankhuwasabha 1

पूर्वगृहमन्त्री भीम रावलले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत् अब पार्टी समितिहरूका बैठक र विधिसम्मत कामहरू अगाडि बढाइनु पर्ने आवाज उठाएका हुन्।

पार्टी कमिटीहरुका बैठक माग गर्दा कोरोना महामारीको कारण देखाउँदै बैठक केन्द्रीय तथा अन्य कमिटीहरुका बैठक सारिरहेका बेला प्रधानमन्त्री स्वयंले संखुवासभामा गएर दूरी समेत कायम नगरी आमसभा गरेपछि सो भनाइको खण्डन भएको रावलको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .