एसियन फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणका बाँकी खेल खेल्ने मिति तोकेको छ।
क्वालालम्पुरका बसेको एएफसीको प्रतियोगिता कमिटीको भर्चुअल बैठकले बाँकी खेल जुन १५ सम्ममा सक्ने निर्णय गरेकाे हाे।
अक्टोबर र नोभेम्बरमा सञ्चालन गर्ने भनिएका छनोट खेल कोरोना भाइरस महामारीका कारण स्थगित भएका थिए।
छनोट खेलअन्तर्गत अब बाँकी म्याच डे ७ र ८ का खेल मार्च तथा म्याच डे ९ र १० का खेल जुनमा हुनेछन्।
फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेल नेपालले घरेलु मैदानमा अब अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ।
सबै अवे खेल खेलिसकेको नेपालले एक होम म्याच तटस्थ भूमिका रुपमा भुटानमा खेलिसकेको छ। समूह बीमा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ।
विश्वकप छनोटको तयारीमा रहेको राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेलका लागि बंगदलादेशमा छ। खेल कात्तिक २८ र मंसिर २ गते हुनेछन्।

प्रतिक्रिया